१४ औँ महाधिवेशनमा म पनि सभापतिमा उठ्छुः वरिष्ठ नेता पौडेल
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी मंसिरमा हुने १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्।नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाक्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै मात्र उम्मेदवार हुने बताएका छन्।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ’, उनले भने,‘कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाक्षा सुनिएको छ।तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment