प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक

डिसी नेपाल
८ कार्तिक २०७८ १४:५५

काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् ।सर्वोच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् ।

न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानालाई बताए ।‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि ९मंगलबार० प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने ।

कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् ।न्यायाधीशहरूको बैठकका कारण सर्वोच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि ९मंगलबार०को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *