प्रधानन्यायाधीशले निकास दिनुपर्ने नेपाल बारको निष्कर्ष

डिसी नेपाल
८ कार्तिक २०७८ १७:०६

काठमाडौं । नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ श्रेष्ठले भने, ‘भोलि न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ । न्यायाधीशले प्रधानन्यायाधीश भेट्ने, इजलासमा सुनुवाइ नहुने यसरी कसरी जनताले न्याय पाउँछन् ।’

श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताए । ‘उहाँको काम कारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *