प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठक बस्दै
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वाेच्च अदालतका १४ न्यायाधीशहरूको बैठक बस्दै छ।
एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन्। प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय गर्ने न्यायाधीशहरूको तयारी छ।
न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने बताउँदै आएका न्यायाधीशहरु यतिवेला एकाएक राणाले मार्गप्रसस्त गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानन्यायधाीशसँग सामुहिक भेट भनिएपनि असन्तुष्ट न्यायायधीशका तर्फवाट एकजनाले मात्र धारणा राख्ने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment