प्रधानन्यायाधीश जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ।
सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन्। न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि १४ जना न्यायाधीश फेरि बैठकमा जुटेको एक न्यायाधीशले बताए। जबरा बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको सर्वोच्च अदालत स्रोतले बतायो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment