तिहार नजिकिएसँगै किसानलाई फूल स्याहार्ने चटारो (फाेटाेफिचर)

फुर्पा शेर्पा
११ कार्तिक २०७८ ७:३२
124
Shares

काठमाडौं। तिहार नजिकिएसँगै ललितपुर गोदावरी नगरपालिका–५ लेलेदीका किसालाई फूल स्याहार्ने चटारो छ। तिहार सुरु हुन लाग्दा उनीहरु फूल व्यवस्थापनमा व्यस्त छन्। किसानहरु फूल टिप्ने, माला गाँस्ने र फूलको व्यापार गर्न व्यस्त छन्।

यतिबेला लेलेदी क्षेत्रमा सयपत्रीलगायतका फूल ढकमक्क फूलेका छन्। त्यहाँको वातावरण नै रंगिन देखिन्छ। गत वर्ष तिहारको समयमा कोरोना कहर कम नभएपछि उनीहरुको फूलको व्यापार खासै भएको थिएन।

अहिले कोरोना संक्रमण दर घट्न थालेपछि भने किसानहरु फूलको व्यापार बढ्ने आशामा छन्। ललितपुरको लेलेदी, कीर्तिपुर र बौद्धका विभिन्न स्थानमा पुगेर डिसी नेपालका लागि फुर्पा शेर्पाले खिचेका केही तस्वीरहरु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *