पूर्वराजाका शक्ति सलबलाउन थाले, माओवादी शक्ति केन्द्रित हुनुपर्छ : नेता कार्की
उदयपुर। नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले माओवादी केन्द्रको एजेन्डा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जोगाउनु रहेको बताएका छन्। माओवादी केन्द्र त्रियुगा नगर कमिटीले आयाेजना गरेकाे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा कार्कीले माओवादीकै बलमा देशमा गणतन्त्र आएको बताउँदै अब संरक्षण गर्ने दायित्वमा पनि माओवादीको रहेको बताए।
राजनीतिक पार्टी भनेको कुनै जात, धर्म र आस्था विशेषको नभएको बताउँदै विचार भएको उनले बताए । नेपालका राजनीतिक दलले विचारलाई जातको दर्जा उल्लेख गर्दै कार्कीले ‘पार्टीलाई जातको संज्ञा दिनेमा नेकपा एमाले अगाडि रहेकाे’ बताए।
‘एमालेका कार्यकर्ता पार्टीकै विचार त छैन । तर, सूर्य चिह्न छोड्न सकिँदै भन्छन् । एमाले मात्र नभएर कांग्रेस पनि सोही अवस्थामा छ,’ उनले भने, ‘राजनीतिक पार्टी भनेको विचार भएको जनता सामु प्रष्ट पार्नुपर्छ ।’
खड्गप्रसाद ओली, पूर्वराजाका शक्तिहरू सलबलाउन थालेको बताउँदै उनले ‘जनयुद्धले ल्याएका परिवर्तनका एजेन्डा संरक्षण गर्न माओवादी शक्ति केन्द्रित हुनुपर्ने बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment