संघीय संसद्का तीन समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

डिसी नेपाल
८ साउन २०८३ ७:२४

काठमाडौं। संघीय संसद् मातहतका विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बोलाइएको हो।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा आवश्यक छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११:०० बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न २:३० बजेका लागि बोलाइएको छ। उक्त बैठकमा विशेष गरी दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति सुरक्षाको अवस्था र त्यससँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *