प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक भएपछि इजलास फर्किए न्यायाधीश

डिसी नेपाल
१५ कार्तिक २०७८ १४:१६
4
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजबाट काममा फर्किएका छन्। प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन्।

प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन्। बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन्।

प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए भोलिबाटै सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू आज बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले बताए।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ। तर जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *