परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागेः अध्यक्ष दाहाल

डिसी नेपाल
१५ कार्तिक २०७८ १८:१२

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताए ।

“संविधानको सकारात्मक विषय तथा सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउनेलगायत काम गत सरकारले ग¥यो”, उनले भने, “विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू मुलुक परिवर्तनसँगै संविधान बनेपछि सुध्रिए होलान् भनेको, तर सुध्रिएनन् ।”

परिवर्तन देख्न नचाहने शक्ति सलबलाइरहेको भन्दै उहाँले परिवर्तनका लागि लडेका राजनीतिक दल र नेतृत्व ढुक्कसँग बस्न नहुने बताए । राजनीतिक परिवर्तनमा कर्मचारीको संयन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनको रक्षाका लागि चनाखो भएर बस्न आग्रह गरे । अघिल्ला सरकारले रोकेका सबै विधेयक गठबन्धन सरकारले अगाडि बढाउने जानकारी दिँदै अध्यक्ष दाहालले सरकारले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताए । “समितिबाट पारित भएर आएका विधेयक तत्कालीन प्रधानमन्त्रीले रोकेर राखे, हामी ती सबैलाई अगाडि बढाउनेछौँ”, उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *