यो सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छःओली

डिसी नेपाल
१५ कार्तिक २०७८ २०:०८

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् ।

आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो ।’यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उनले भने ।

यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उनको भनाइ छ । ‘हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफै खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ,’ उनले भने ।

ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *