कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

डिसी नेपाल
२२ कार्तिक २०७८ १३:४४

धनगढी। नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेशनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए।

‘हाम्रो मिहेनतका कारण कैलाली कांग्रेसमा गुटगत राजतीति अन्त्य भएको छ,’ बमले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ । संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ।’

लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापतिसमेत बनिसकेको बताउँदै बमले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे।

‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस क्रममा सबै पालिका र वडामा म पुगेको छु । सवै क्षेत्रबाट मलाई सहयोग छ।’

आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *