हरिबाेधिनी एकादशीमा भगवान् विष्णुकाे पूजा गर्न नारायणथानमा भक्तजनकाे घुँइचाे (फाेटाेफिचर)

फुर्पा शेर्पा
२९ कार्तिक २०७८ ८:०९

काठमाडौं। आज हरिबोधिनी एकादशी । भगवान विष्णुको पूजाआजा गरि मनाइदैछ। शेषनागमा शयन गरेका भगवान विष्णुको प्रतिमा रहेको बुढानिलकण्ठस्थित नारायणथान मन्दिरमा विहानैदेखि भक्तजनको घुँइचो लागेको छ।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *