नेपाल बन्दमा पनि नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना
फाइल फाेटाे।
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ। २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो।
प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए। तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ। सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment