बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

डिसी नेपाल
२ मंसिर २०७८ १४:३६

काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ।बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।स्थानीय पद्म सेटीका अनुसार घाइतेको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *