हेदाङ्नाबाट अवैध काठ बरामद

डिसी नेपाल
१६ मंसिर २०७८ २१:२८
40
Shares

काठमाडौं ।संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए । मंगलबार किमाथाङ्का बाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.