राजसंस्था हुँदाभन्दा अहिले कयौँ गुणा राज्यदोहन बढेको छः चट्याङ मास्टर (भिडियोसहित)

डिसी नेपाल
२५ मंसिर २०७८ १८:४१
56
Shares

काठमाडौं । हास्य व्यंग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम)ले अहिलेको शासनव्यवस्थाभन्दा राजसंस्थासहितको व्यवस्था उत्तम रहेको बताएका छन् ।

डिसी नेपालको ‘द ब्रिज टक शो’मा कुराकानी गर्दै उनले अहिलेका नेताहरु भन्दा राजा अनुशासित भएको बताए ।

तपाईको रचनाहरु राजावादी हुन्छन् नी किन ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजसंस्थाकै कारण पहिलेको समाज अनुशासित थियो, अहिलेको समाज आवारा भएको छ ।’

‘राजा हाम्रो इतिहास हो, यो देश राजाले बनाएको हो , पृथ्वी नारायण शाहले बनाएको हो ।’ उनले भने, ‘इतिहास मेटेर मेटिदैन, समाज अनुशासित बनाउने कुरालाई मेरो रचनाले समर्थन गर्छ ।’

समाजको सकारात्मक परिवर्तन र विकासमा राजसंस्था हुँदा नै राम्ररी भएको उनको भनाई छ । ‘नेपालमा पञ्चायतको बेला जति स्कुलहरु खुले त्यती स्कुलहरु त अहिले पनि खुलेका छैनन् । राजसंस्था हुँदाभन्दा कयौँ गुणा राज्यदोहन बढेको छ ,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.