आइपीओ निष्कासन प्रस्ताव पारित गर्न माइखोला हाइड्रोपावरले बोलायो साधारण सभा

डिसी नेपाल
२९ मंसिर २०७८ १२:५०

काठमाडौं। माइखोला हाइड्रोपावरले पुस २२ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *