माउन्टेन इनर्जीको वार्षिक साधारण सभा पुस २५ गते हुने

डिसी नेपाल
२९ मंसिर २०७८ १३:५२
काठमाडौं। माउन्टेन इनर्जीको वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनपेश गर्ने भएको छ।  यसका साथै, आर्थिक वर्ष २०७७/७८ अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुने भएको छ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस ११ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग दिन सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *