बुधबार ४.२३ अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२९ मंसिर २०७८ १५:२७

काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ४.२३ अङ्कले घटेर २ हजार ४१४.६२ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८९ अङ्कले घटेर ४५९.४१ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार  सबै भन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। यस बैंकको १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ बाट उपसमूहमध्ये ८ वटा उपसमूह बढेको छ भने ५ वटा उपसमूह ओरालो लागेको छ ।सबै भन्दा बढी फाइनान्स उपसमूह बढेको छ भने होटल तथा पर्यटन उपसुचक सबै भन्दा बढी घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *