उपसभापतिको मतगणनाः २८ सय मत गन्दा खड्का र गुरुङको अग्रता

डिसी नेपाल
२९ मंसिर २०७८ २२:१३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछिपछि रहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार २८ सय मत गणना हुँदा पूर्णबहादुर खड्काले १३२१ मत ल्याएका छन् । यस्तै धनराज गुरुङले १२६७ मत प्राप्त गरेका छन् ।

यसैगरी चन्द्र भण्डारीले १११५ र विजय गच्छदारले १२१३ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *