डोल्पामा स्रोत नखुलेको करिब ५६ लाख रुपैयाँसहित दुई जना पक्राउ

डिसी नेपाल
१ साउन २०८३ ७:२८

काठमाडौं। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बजारबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केन्द्रीय प्रहरीकक्षका अनुसार पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका-७ छल बस्ने ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकाय रहेका छन्।

दुनैबाट आफ्नो गाउँ छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि बुधबार पक्राउ गरेको हो।

प्रहरीले बरामद गरिएको सो ठूलो परिमाणको रकमको स्रोत र यसबारे थप विवरण खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *