एमसीसी बोर्डले नेपालबाट प्रोजेक्ट फिर्ता गरेन, सरकारले संसदमा पेश गर्ने विश्वास

डिसी नेपाल
१ पुष २०७८ ५:४२

वासिंगटन डिसी । नेपाल सरकारले चाडैं नै सम्झौतालाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन( एमसीसी)ले नेपालबाट सो परियोजनालाई फिर्ता नगर्ने भएको छ।

डिसेम्बर १५ बुधबार अपरान्ह बसेको एमसीसीको बोर्ड बैठकले नेपाल सरकारले प्रतिबद्धता जनाएकोले संसदबाट चांडै अनुमोदन हुने विश्वास व्यक्त गरेको छ। एमसीसीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी बोर्ड अफ डिरेक्टरर्सले नेपालसंगको ५ सय मिलियन अमेरिकी डलरको परियोजना सम्झौताबारे अद्यावधिक छलफल गरेको छ। बोर्डले नेपाल सरकारले संसदबाट चाँडै अनुमोदन गराउनेबारे गरेको प्रतिबद्धतालाई ध्यानमा राखेको छ।’

समाचारअनुसार, अमेरिकी अधिकारीहरुले डिसेम्बर १५ सम्ममा संसदबाट अनुमोदन नगर्ने हो भने यो प्रोजेक्टलाई अमेरिकी सरकारले फिर्ता लिने चेतावनी नेपाल सरकार र दलहरुलाई दिंदै आएका थिए।

अमेरिकी सहायक विदेशमन्त्री र उपसहायक विदेश मन्त्री तथा उच्च अधिकारीहरुको नेपाल भ्रमणमा सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले हिउँदे अधिवेशनमा यो परियोजनालाई पारित गराउने प्रतिबद्धता जनाएका थिए। संसदको बैठकसमेत शुरु भइसकेको र यसै बैठकबाट एमसीसी पारित हुनेमा अमेरिकी अधिकारीहरु ढुक्क देखिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *