नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
१ पुष २०७८ ९:१९
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार तिन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिहिबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन भएसँगै लघुवित्तको सेयर मूल्य १ हजार ७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ३ सय रुपैयाँमा भएको थियो।
त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ ५ पैसा निर्धारण भएको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १ हजार ७ सय १३ रुपैयाँमा भएको थियो।
 वोमी लघुवित्तको पनि २० प्रतिशत बोनस सेयर समायोजन पछिको १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १ हजार ६ सय ९ रुपैयाँमा भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *