महुली लघुवित्तकोे १८ ह​​​​​​​जार ६ सय कित्ता संस्थापक सेयर विक्रीमा

डिसी नेपाल
१ पुष २०७८ ९:४५

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीहरू सेयरधनी राम लगन मंडरको नाममा रहेको १८ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले बिहिबार एक सूचना प्रकाशित गरी जनाएको छ ।

यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *