महामन्त्रीको परिणाम घोषणापछि विश्वप्रकाश शर्मा विपी संग्राहलय जाने

काठमाडौं। कांग्रेस महामन्त्रीको निर्वाचन परिणामपछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित विपी संग्राहलय जाने भएका छन्। दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू विपी संग्राहलय जाने बताएका हुन्।
महामन्त्रीमा गगनकुमार थापासँगै आफू निर्वाचित हुने निश्चित जस्तै देखिएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता र सञ्चारकर्मीसँग शर्माले आफूले उम्मेदवारी घोषणा गरेको स्थान विपी संग्राहलय (सुन्दरीजल जेल)मा जाने बताएका हुन्।
‘परिणाम सार्वजनिक भएपछि मैले उम्मेदवारी घोषणा गरेको स्थान सुन्दरीजल जेल जानेछु,’ शर्माले भने। पछिल्लो विवरणअनुसार महामन्त्रीमा थापा र शर्माले अग्रता लिएका छन् भने उनीहरूलाई प्रकाशशरण महतले झिनो मतले पछ्याइरहेका छन्।
प्रतिक्रिया
Facebook Comment