कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

डिसी नेपाल
१ पुष २०७८ १५:१०

काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन्। महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ। अब साढे दुई सय मत गन्न बाँकी छ।

थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए। सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन्। उनी मत परिणामका आधारमा चौथो स्थानमा छन्।

विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *