कमिटीको पूर्ण बैठक शुक्रबार

डिसी नेपाल
१ पुष २०७८ २१:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक यही पुस २ गते काठमाडौँमा हुने भएको छ ।

बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिए । कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ ।

त्यसैगरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *