लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्न समिट लघुवित्तले डाक्यो साधारण सभा

डिसी नेपाल
२ पुष २०७८ ९:३८

काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा  पुस २४ गते हुने भएको छ । सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा संस्थाले २५.२८ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै संस्थाले ७ लाख ५१ हजार ७१२ कित्ता सेयर एफपीओ जारी गर्ने एजेण्डा पनि रहेको छ । त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

संस्थाले सभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार, पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *