सेञ्चुरी कमर्सियल बैंकले ५.७५ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
२ पुष २०७८ १३:४३

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयरधनीलाई ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति भइ बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *