प्रोग्रेसिभ फाइनान्सले गर्यो ७.३६८४ प्रतिशत लाभांश दिने घोषणा

डिसी नेपाल
२ पुष २०७८ १४:४५

काठमाडौँ।  प्रोग्रेसिभ फाइनान्सले ७.३६८४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको ४७३ औँ बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले सेयरधनीलाई ७ प्रतिशतले हुने ५ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ।  साथै, कर तिर्न ०.३६८४ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ८३६ रुपैयाँ ८४ पैसा खर्च गर्ने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ।  हाल बैंकको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *