मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
४ पुष २०७८ १०:३१

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। समायोजन पछि लघुवित्तको सेयर मूल्य १ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लघुवित्तको बार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ। उक्त सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु गर्ने भएको छ ।

सभामा संस्थाले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ। यसका साथै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको पनि निर्वाचन गर्ने मुख्य एजेण्डा रहेको छ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *