छिमेक लघुवित्तको साधारण सभा २३ पुसमा, यस्ता छन् एजेण्डा

डिसी नेपाल
४ पुष २०७८ १०:५०
काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा २३ पुसमा हुने भएको छ  । ३० प्रतिशत लाभांश पारित गर्न लघुवित्तको सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा लघुवित्तले २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, लघुवित्तले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
 कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । यस्तै,
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
लघुवित्तले सभा प्रयोजनका लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *