नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’

डिसी नेपाल
४ पुष २०७८ १२:५८

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ ।

बिमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यो बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्तगर्ने बीमांक रकम र बोनस आर्जित हुने जनाइएको छ ।

आयश्रोत अनुसार ५० हजार देखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए परिवारजनलाई एक मुष्ठ बीमांक र वोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *