८.४२ प्रतिशत लाभांश पारित गर्न एनसीसी बैंकले बोलायो पुस २९ गते साधारण सभा

डिसी नेपाल
४ पुष २०७८ १२:४४

काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । ८ प्रतिशत लाभांश पारित गर्न सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ। सभा भर्चुअल माध्यमबाट बस्ने भएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गरिने छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सभा प्रयोजनको लागि बैंकले पुस २१ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार, पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने छन्  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *