महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा

डिसी नेपाल
४ पुष २०७८ १३:१४

काठमाडौं।महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७७र०७८ को नाफा(नोक्सानसम्बन्धी छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८र०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न(गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ । यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *