माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

डिसी नेपाल
९ पुष २०७८ ९:५९
24
Shares

काठमाडौं।नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान सुरु भएको छ । ११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.