कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक आज, त्यसअघि नवनिर्वाचित पदाधिकारीले प्रमाणपत्र लिने

डिसी नेपाल
१० पुष २०७८ ८:५९
68
Shares

काठमाडाैं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएकाे छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.