तमु ल्होसारः गुरुङ समुदायले भव्यरुपमा मनाउँदै (फोटो फिचर)

फुर्पा शेर्पा
१५ पुष २०७८ १२:५३
176
Shares

काठमाडौं। गुरुङ समुदायले आज बिहीबार ‘तमु ल्होसार’ पर्व भव्यरुपमा मनाइरहेका छन्। गुरुङ समुदायमा यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।काठमाडौंको बसन्तपुर परिसरमा विभिन्न ठाउँहरुबाट आएका गुरुङ समुदायले आफ्नो मौलिकता अनुसारको संस्कृति झल्किने कार्यक्रम आयोजना गरेको छ।

तमु ल्होसार जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले सो अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *