इन्जा ग्रामिण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

डिसी नेपाल
२६ पुष २०७८ १२:४२
16
Shares

भर्जिनिया। नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले पत्रकारिता पुरस्कारको लागि निवेदन आह्वान  गरेकाे छ। इन्जाले सामुदायिक पत्रकारिता पुरस्कार, साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) र बौद्धिक सोधवृत्ति पुरस्कारका लागि निवेदन आह्वान  गरिएको हो।

बौद्धिक सोधवृत्ति पुरस्कार नेपालमा पत्रकारितामा एमिफल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरी रहेकाहरुलाई सोधवृत्तिको रुपमा दिइनेछ। यी पुरस्कारको राशी हरेकविधामा १ हजार अमेरिकी डलर रहेको छ।

साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिस्पर्धामा सहभागी हुन वा सिफारिस गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिङ्क वा भिजुअल प्रति इन्जाको अफिसियल इमेल [email protected] मा फेब्रुअरी १० सम्म पठाइसक्नु पर्नेछ ।

यी सबै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौमा आयोजना हुने इन्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इन्जा मुखालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *