पूर्व मुख्यमन्त्री गुरुङले निर्वाचन क्षेत्र कार्यक्रमकाे दुई कहाँकहाँ विनियाेजन गरे ?

डिसी नेपाल
२९ पुष २०७८ ६:३१

लमजुङ। पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘ख’ को योजना छनाेटसँगै बजेट विनियोजन गरिएकोे छ। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीसुव्वा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि दुई करोड रुपैयाँ विनियोजन गरेका हुन्।

‘ख’ मा पर्ने ४ वटा स्थानीय तहका लागि बजेट विनियोजन गरिएको हो । निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत सबैभन्दा धेरै बजेट सुन्दरबजार नगरपालिकालाई परेको छ । सुन्दरबजार नगरपालिकाको नौ वटा योजनाका लागि ५२ लाख बजेट पाएकाे छ।

सुन्दरवजार नगरपालिका-१ को पातलवन बस्नेत गाउँखानेपानी योजनाको लागि ५ लाख, २ को देउराली वडा कार्यालयदेखि पुरक गाउँ बडहरे जाने बाटो निर्माणका लागि ५ लाख, ५ को श्री शक्ति तमु समाज भवनका लागि ६ लाख, ८ को कर्मरेखा भूपु सैनिक खेलकुदविकास समिति, बास्केटवल संरचनाका लागि ८ लाख रुपैयाँ, १० कोइरालाफाँट खानेपानी योजनाका लागि ६ लाख विनियोजन गरिएको छ।

११ बुद्धि विकास आमा समूह भवनका लागि पाँच लाख, सुन्दरबजार ४ नयाँबस्ती कृषि तथा पशुपालन व्यवसायको लागि चार लाख, ३ अन्तर्गत देउतापानी बेसीबाट हात्तीगाडे सम्म मोटरबाटो निर्माणका लागि चार लाख र सुन्दरबजार ९ अन्तर्गत नमुना तमु ह्युला समाजका लागि नौ लाख रुपैयाँ विनियोजन गरिएको छ।

क्होलासोँथार गाउँपालिका भित्रका आठ वटा योजनाका लागि ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ । क्होलासोँथार ९ थल्जु तामाङ समूह भवनका लागि ५ लाख, सोहि वडाको शिवमन्दिर निर्माणका लागि ५ लाख, पुर्कोडाँडामा कार्यक्रम सञ्चालन मञ्च निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी क्होलासोँथार ५ सिङदीको बसपार्क र प्रतिक्षालय निर्माणका लागि ७ लाख, पर्यटकीय भुजुङमगाउँमा आन्तरिक बाटो निर्माणका लागि ७ लाख, ६ को गोरेटो बाटो निर्माणका लागि ५ लाख, ७ को बनस्थली माविका लागि १२ लाख र १ को पिकनिक स्पोर्ट निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार मध्यनेपाल नगरपालिकाका ७ वटा योजनाका लागि ५० लाख विनियोजन गरीएको छ । जसमध्ये वडा नम्बर ८ को सयपत्री कृषक समूहका लागि ५ लाख, सूर्यपाल आमा समूहको भवन निर्माणका लागि ७ लाख, २ का दलित उत्थान पशुपालन कार्यक्रमका लागि ६ लाख, ६ काे बौद्ध सेवा समिति भवन निर्माणका लागि १० लाख रुपैया विनियोजन गरीएको छ।

७ का पञ्चबुद्ध तमु समाज भवनका लागि १० लाख, १० को मदन आश्रित स्मृति भवनका लागि ७ लाख र ४ काे दलित सामुदायिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरीएको छ।

बेँसीसहर नगरपालिकामा ६ वटा योजनाका लागि ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ। बेँसीसहर ७ को जनचेतना आमा समूह भवन निर्माणका लागि ८ लाख, ६ को सफल आमा समूह भवन निर्माणका लागि ८ लाख, १ स्थित सरातेकुवा युवा क्लव खेल मैदानका लागि १० लाख, २ को चिसापानीगाउँ सामुदायिक भवन निर्माणका लागि सात लाख, ७ काे उन्नतिशिल आमा समूह मैयुम दलित भवन निर्माणका लागि ७ लाख र बाख्रेजगत आन्तिरिक गोरेटो बाटो निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरीएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *