आगलागीले खरानी भएको घर नयाँ बनेपछि परिवारमा खुसियाली

डिसी नेपाल
२ माघ २०७८ १४:५५

काठमाडौं। गत वर्षको चैत २० मा जंगलमा लागेको आगोले घर जलेर घरवारविहीन बनेका अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ धरम्पानीका नारायणबहादुर थापा परिवारमा खुसियाली छाएको छ ।आगोले घर खरानी बनाइदिएपछि दुई बुहारी, दुई छोरा र श्रीमान श्रीमती गरी सातजनाको परिवार परिवार बिचल्लीमा परेको थियो । विवेकशील साझा पार्टीले नयाँ घर बनाइदिएपछि थापा परिवारलाई राहत मिलेको छ ।

आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका उनीहरूको बिचल्ली भएपछि विवेकशील साझा पार्टी अर्घाखाँचीका नेता स्थानीय पशुपति पाण्डेको सक्रियतामा नयाँ घर बनेपछि आफूहरूलाई ठूलो राहत पुगेको थापाले बताए ।‘पशुपति सरहरूको सहयोगमा नयाँ घर बन्यो ।’ थापाले भने, पशुपतिजीहरूले सम्पूर्ण सामान किनिदिनुभयो, गाउँलेले काठ सहयोग गर्नुभयो । केही ऋण लागे पनि अहिले राम्रो घरमा बस्न पाएका छौं । हामी निकै खुसी छौं ।’

अवस्था अत्यन्तै दयनीय देखिएपछि आफूहरुले सहयोग गरेको पाण्डेले बताए । ‘उहाँ आफै मिस्त्री हुनुहुँदो रहेछ, मिस्त्रीको व्यवस्थापन तपाई आफै गर्नुस भन्यौं।’ पाण्डेले भने, ‘यसबाहेक किन्नुर्ने सवै सामान हामीले किनिदिएका हौं । आगलागी भएको खबर थाहा पएर हाम्रो पार्टीको अर्घाखाँची जिल्ला कमिटी टिम उद्वार तथा राहतका लागि घटनास्थलमा उपस्थित भई त्यहाको आवश्यकतालाई अवलोकन ग¥यौ । पीडितको अति नै दयनीय अवस्था देख्दा उहाँलाई घरको अति आवश्यकता परेको महसुस गरी घर निर्माणकार्यमा हाम्रो ध्यान केन्द्रित भयो र हामीले घर बनाइदिने बाचा ग¥यौं ।’

पाण्डेका अनुसार काटी, जस्तापाता, सिमेन्ट, बालुवा, ढुंगा जस्ता घर निर्माणका लागि किन्नुपर्ने सवैजसो सामान पार्टीले सहयोग गरेको हो ।पार्टी केन्द्रले समेत करिब ९४ हजार सहयोग गरेको थियो । बाँकी हामीले विभिन्न दाताबाट संकलन गरेका हौं।’ पाण्डेले भने, ‘महेन्द्र विद्यावोध विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने ८० जना विद्यार्थीले व्यक्तिगत रूपमा पैसा उठाएर आठ हजार पाँच सय रुपैयाँ सहयोग गरेका थिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *