नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१२ माघ २०७८ १०:१०

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको उक्त हकप्रद सेयरमा आज कार्यालय समय भित्र आवेदन दिईसक्नुपर्ने छ।

बैंकले पुस ७ गतेदेखि १:१ अनुपातमा प्रति कित्ता एक सय रुपैयाँ अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रद सेयरलाई इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

लगानीकर्ताले यस हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन्। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *