२५ प्रतिशत बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१२ माघ २०७८ १०:२३

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार ५७ रुपैयाँ कायम भएको छ । यस अघि मंगलबार नेप्सेमा संस्थाको सेयरको अन्तिम कारोबार १ हजार ३ सय २२ रुपैयाँले भएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको उक्त लाभांश पारित गर्न माघ २१ गते बार्षिक साधारण सभा हुने भएको छ। सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *