दुई दिनमा ९ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

डिसी नेपाल
१२ माघ २०७८ ११:०६

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । कारोबारको चौथौ दिन बुधबार छापावाला सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ९ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *