बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन २४ अर्बले घट्यो

डिसी नेपाल
१२ माघ २०७८ १२:१४

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकदिनमा २४ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १० गते निक्षेप २४ अर्बले घटेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघ ९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ७६ अर्ब रूपैयाँ रहेको थियो।

बैंकको निक्षेप घटे पनि कर्जा लगानी भने बढेको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । बैंकहरुको कर्जा लगानी भने २ अर्वले बढेको छ।  माघ १० गते बैंकको कर्जा लगानी ४६ खर्ब ६७ अर्ब पुगेको छ । माघ ९ गते बैंकहरूको कर्जा लगानी ४६ खर्ब ६५ अर्ब रूपैयाँ रहेको थियो।

माघ ९ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.११ प्रतिशत रहेकोमा १० गतेसम्ममा बढेर ९०.५७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *