नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

डिसी नेपाल
१३ माघ २०७८ १०:२९

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप लगानी गर्न लागेको हो।

कम्पनीले २०७८ माघ १९ गतेदेखि १ वर्षसम्मको लागि रकम मुद्दती खातामा राख्न चाहेको हो। कम्पनीले सूचनामा तोकिएको सीमाभित्र आफूले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।

प्रस्तावको मान्य अबधि एक महिनाको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *