राजनीतिक चिन्तन र नेताहरुको अदूरदर्शिता  – Dcnepal

राजनीतिक चिन्तन र नेताहरुको अदूरदर्शिता 

नेपालको इतिहास नियाल्ने हो भने राजतन्त्र जहाँ छ, त्यहाँ प्रजातन्त्र छैन। नेपालमा गणतन्त्रसहितको प्रजातन्त्र आउँथ्यो नै तर पछि अबश्य आउँथ्यो। तर २०४६ साल पछि राजतन्त्रको स्वीकृति बेगर, सम्पूर्ण जनभावना बिपरित र विदेशीहरुको अत्त्याधिक चलखेल र चापले गर्दा यो अकस्मात नेपालमा जबर्जस्ती भित्रिन पुग्यो। दवाब र इच्छा बिपरित भए गरेका कुनै पनि चीज अस्थिर र झन्डै नटिक्ने हुन्छ।

आज राजाबादीहरुलाई यो गणतन्त्र, लोकतन्त्र जे भने पनि मन परेको छैन| तर आएपनि बिकासले फट्को मारेको भए कसैको हिम्मत हुने थिएन यसको बिरोध गर्नलाई। किनकि जोसुकैले पनि विकास भएको हेर्न खोज्छन्। तर अफसोच! यहाँ बिकासले कहिले फड्को मार्न सकेन।

दवाब कहाँ छैन? अमेरिकालाई चीनको दवाब छ, त्यस्तै चीनलाई अमेरिकाको। उत्तर कोरियालाई पनि कसको दवाब छैन? त्यस्तै इरान, क्यूबा आदि। तर आफ्नो देशको बिकाशको मामिलामा उनीहरु पटक्कै पछाडि छैनन्।  यो सबै देश चलाउने नेताहरुको सिद्धान्तमा अडिक रहने, स्वाभिमानी, इमान्दार र दूरदर्शी ताको नै कुरा हो।

व्यवस्थआलाई दोष दिनु आफूले आफैलाई धिक्कार्नु शिवाय अरु केही हुँदैन। हेर, चीनको कम्युनिष्ट शाशन, हेर! अमेरिकाको प्रजातान्त्रिक शाशन। हेर, कोरियाको शाशन र बेलायतको शाशन। हेर, इटाली, फ्रान्स र हेर खाडी देशका राजाहरुको शाशन। यो त नेतृत्व लिन नसक्नेहरुको रोइलो मात्र हो।

नाच्न नजान्ने आँगन टेढो भने जस्तै अयोग्य नेताहरुले सबै टेढो र मेढों देख्दछन्। राणा शाशन भएन भनेर २००७ मा तथाकथित प्रजातन्त्र लिएर आए। यो भन्दा परिपक्क्व प्रजातन्त्र भने २०१५ साल प्रजातान्त्रिक चुनाबी शाशन आयो तर केही कुरा भित्रबाट बुझेपछि राजा महेन्द्रले फेरि आफ्नो अधीनमा राखी शाशन चलाउन थाले।  तर जे भएपनि राजा नेतृत्वकारी र दूरदर्शी थिए। उनको छोटो शाशन कालमा देशले फड्को मारेकै हो।  राणाहरुको भाइ भाइ बीचको काटाकाट  र मारा मारको भयभित शाशन बास्तबमा कालो रात जस्तै थियो।

तर जे भएपनि देशलाई उनीहरुले अंग्रेजको चंगुलबाट जोगाएकै हो। तर निरन्तर जाने शाशन  बिल्कुलै ठिक थिएन। कुनै पनि शाशन किन नहोस् ,जनतालाई डेलिवरी दिने हुनुपर्दछ। त्यो राजा महेन्द्रको शाशन कालमा  थियो। राजा वीरेन्द्रको पालामा पनि राम्रो थियो २०३५ सालको जनमत र २०४६ सालको नयाँ संबिधान कम थिएन।

तर तत् पश्चात बिदेशीको अत्याधिक चलखेल र नेताहरुको अर्कमन्यता र पैसाको लोभमा चुर्लुम्ब फसी आखिर त्यस्तो संविधानलाई पनि निरर्थक बनाइ बिदेशीको चलखेलमा देशमा कसैले नमागेको लोकतन्त्र,गणतन्त्र र धर्म निरपेक्छ्यताको घाँडो बोक्न देश पुग्यो। राजालाई कुनै स्पेस दिइएन। यत्रो २५० बर्षको विरासतलाई जबर्जस्ति कुनामा राखी देश चलाउन खोज्नुनै अपरिपक्क्व थियो।  आज देशको सबै भन्दा कमाउने धन्दा भनेकै राजनैतिक धन्दा भएको छ।

नेपालमा धेरै क्रान्ति र उथलपुथल भयो।  तर देश जस्ताको त्यस्तै छ।  कुनै पक्षकाे पनि हित नराखी क्रान्ति भयो जसले गर्दा देशको कुनै पक्षमा पनि गतिलो बनेन। क्रान्ति सबै पक्छ्यहरु सम्मेत्ने गरी हुनु पर्दथ्याे। तर भएन। कृषि, बिज्ञान, शिक्षा, स्वास्थ,  प्रविधि सेवा र सिस्टममा कुनै सुधार आएन। खालि रुटिङ काम मात्र भयो।

अब जनता चरम निराशामा नआए कैले आउने ? वर्ग संरचना जस्ताको त्यस्तै छ। सम्पूर्ण कुरा समेटी सम्बोधन गर्न कसैले सकेनन्। आफ्नो वर्ग रुपान्तरण मात्र गरे। परिवर्तन भ्रस्ट नेताहरुको मात्र भयो। के समाजबादको नारा लगाउने मात्र हो ? खोइ तमाम जनताको राजनैतिक,आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन?

परिवर्तनको नाममा विभिन्न आयोग बनिन्छ, तर त्यत्तिकै तुहिएर जान्छ। किन संबिधानमा सबै कुरा समेटिँदैन ?  सबै कुराको सम्बोधन निज मात्र किन हुन्छ ? के समाजबादी धारणा यही हो त? सुगाको बोली जस्तो मात्र बोलाई भयो। समाजवादको नारा को बिकुल मात्र फुकियो। तर कर्ममा काँह छैन। ब्यबहारको त कुरै नगराैं, सिद्धान्तकाे ग्रहण त बोलाई मात्र।

माओबादीले बोलेर मात्र हिँडे , काम गरेर देखाएनन्। ब्यबहारको त परे जावोस, बोल्ने एक र गर्ने एक थोक र जीवन शैली अर्कै भयो। बुझाई नै यही शैलीमा गयो। यो सबै पार्टीहरुमा रह्यो। राम्रा भनौदा पार्टीहरु पनि यही शैलीमा हिड्न थाले।

यसको फलस्वरूप देश र जनता उस्ताको उस्तै हुन पुगे।  एमालेको झापा बिद्रोह पनि यहि नारा बोकेर बिद्रोह गरेको थियो। तर कालान्तरमा उसको पनि उही चाल भयो।  जनाधारको त यहाँ कुनै पार्टीलाई पनि मतलब छैन।  हामीले यस्ता सिद्धान्तहीन बोके नेताहरुलाई नेताको नामले मात्र पुकार्दा नेताको शब्दमा के बिचलन आउँदैनर ?

जनाधारलाई शिर्ष भागमा राखी काम गरेमा के कुरा सम्भब हुँदैन र ? प्रणाली कुनै पनि नराम्रो हुँदैन। यसमा पात्र र पात्रताको कुरा नै प्रमुख बिषय हुन आउँदछ। प्रणाली फेरियो तर प्रणाली हाक्ने सम्पूर्ण नेताहरु खै के भनु, के परे के परे।  नेपालमा धेरै क्रान्ति र उथलपुथल भयो। तर देश् जस्ताको त्यस्तै छ।

कुनै पक्षकाे पनि हीत नराखी क्रान्ति भयो, जसले गर्दा देशको कुनै पक्ष पनि गतिलो बनेन। क्रान्ति सबै पक्षाहरू सम्मेट्ने गरी  हुनु पर्दथ्याे।तर भएन। कृषि , बिज्ञान, शिक्षा , स्वास्थ, प्राविधिक सेवा र सिस्टममा कुनै सुधार आएन।

खालि रुटिङ काम मात्र भयो।  अब जनता चरम निराशामा नआए कैले आउने ? वर्ग संरचना जस्ताको त्यस्तै छ। सम्पूर्ण कुरा समेटी सम्बोधन गर्न कसैले सकेनन्। आफ्नो वर्ग रुपान्तरण मात्र गरे।  परिवर्तन भ्रस्ट नेताहरुको मात्र भयो।  के समाजबादको नारा लगाउने मात्र हो ? खोइ तमाम जनताको राजनैतिक,आर्थिक,सामाजीक र संस्किर्तिक परिवर्तन ?

परिवर्तनको नाममा विभिन्न आयोग बनिन्छ,तर त्यत्तिकै तुहिएर जान्छ। किन संबिधानमा सबै कुरा समेटिँदैन ? सबै कुराको सम्बोधन आखिरमा निजीकरण मात्र किन हुन्छ ? के समाजबादी धारणा यही हो त? सुगाको बोली जस्तो मात्र बोलाई भयो।समाजवादको नाराको बिकुल मात्र फुकियो। तर कर्ममा काहीँ छैन।

सिद्धान्त ग्रहण त बोलाई मात्र भयो। नेताहरुलाई नेताको नामले मात्र पुकार्दा नेताको शब्दमा के बिचलन आउँदैन र ? जनाधारलाई शिर्ष भागमा राखी काम गरेमा के कुरा सम्भब हुँदैन र ? पात्र र पात्रताको कर्मठ काम र निर्देशनले नै देशले बिकाशको फड्को मार्ने हो।

मलेसियाका महाथीर मोहम्मद, सिंगापुरका लि कुवान यु, चीनका डेंग जाओ पिंग र शिजिंग पिंग र धेरै थोरै नोर्थ कोरिया का किम डोंग जस्तो नेतृत्वकारी भूमिका निभाउन सक्ने व्यक्तिको आज नेपालमा खाँचो छ।

आज देशले पहिलेका राजा पृथ्वीनारायण शाह,  राजा महेन्द्र र राजा वीरेन्द्र जस्ता राजनेताको खोजी गरिरहेको छ जसले संसारमा नेपालको नाम राम्ररी चिनाउन सफल भए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो