बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२३ माघ २०७८ ११:५७

बाजुरा। साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ । फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *