चुनावमा गठबन्धन गरेर जाने प्रचण्डको प्रस्ताव डा. कोइरालाद्वारा अस्वीकार

डिसी नेपाल
२७ माघ २०७८ ११:२३
668
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन्।

बिहीबार विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका कोइराला समक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए।

‘प्रचण्डजीले स्थानीय र अरु चुनावमा पनि गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भएको थियो,’ डा. कोइरालाले डिसी नेपालसँग भने, ‘त्यो कुरालाई मैले सिधै अस्वीकार गरेँ। अहिले गठबन्धन गरेर जाँदा कांग्रेसलाई केही पनि फाइदा छैन भन्ने कुरा मैले उहाँसँग राखेँ।’

कोइरालाले प्रचण्डलाई सरकारमा गठबन्धन गर्ने तर चुनावमा गठबन्धन हुन नसक्ने प्रष्ट पारेका थिए। प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धनलाई जोगाउँदै स्थानीय तह निर्वाचनसहित अन्य निर्वाचनमासमेत गठबन्धन गरेर जानुपर्ने प्रस्ताव राखेका थिए। चुनावमा गठबन्धन गर्ने विषय कोइराला समूहले अस्वीकार गर्दै आएको छ।

प्रचण्डजीले स्थानीय र अरु चुनावमा पनि गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भएको थियो,’ डा. कोइरालाले डिसी नेपालसँग भने, ‘त्यो कुरालाई मैले सिधै अस्वीकार गरेँ। अहिले गठबन्धन गरेर जाँदा कांग्रेसलाई केही पनि फाइदा छैन भन्ने कुरा मैले उहाँसँग राखेँ।

उक्त भेटमा प्रचण्ड र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि छलफल भएको थियो। एमसीसीका विषयमा प्रचण्ड निकै चिन्तित देखिएको डा. कोइरालाले बताए। प्रचण्डले एमसीसी कसरी पारित गर्ने के गर्ने भन्ने विषयमा डा. कोइरालासँग सुझाव मागेका थिए।

जवाफमा कोइरालाले ‘यो एमसीसी अनुदान मात्रै रहेन, यो भन्दा माथि गइसक्यो, जे गर्ने हो चाँडो गर्नुस् भोलि अप्ठेरो पर्छ’ भनेका थिए। प्रचण्डले भने एमसीसी चुनावपछि पारित गर्ने प्रस्ताव राखेका थिए। ‘उहाँले चुनावपछि गरौं भन्नु भयो, मैले त्यसका लागि अमेरिकासँग कुरा गर्नुस्, यसले भोलिका दिनमा अप्ठेरो पार्न सक्छ भन्ने जवाफ दिएँ,’ डा. कोइरालाले डिसी नेपालसँग भने।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटघाट गरेका कोइराला बिहीबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.